काठमाडौं विमानस्थलबाट ४२२.५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४२२.५ ग्राम अर्धठोस सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं ओर्लिएका दिल्लीस्थित हवेली आजम खान जामा मस्जिद ठेगाना भएका भारतीय नागरिक अस्लम शौकतलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार शंकास्पद गतिविधि देखिएपछि हिजो दिउँसो करिब २ः५२ बजे शौकतलाई जाँच गरिएको थियो । सो क्रममा उनको साथबाट अर्धठोस अवस्थामा रहेको सुन बरामद भएको हो ।

शौकतले अन्डरवेयरभित्र प्लास्टिकले र्‍याप गरी गोलाकार आकारमा बनाइएको अर्धठोस सुनका दुई थान लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शौकतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार