
काठमाडौं । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू सञ्चालनमा आएका छन्।
मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा रहेका छन्।
यी सडकका केही स्थानमा सडकको अवस्थाका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको भए पनि अधिकांश स्थानमा भने दुईतर्फी रूपमा यातायात सञ्चालनमा रहेको छ।
धादिङस्थित कृष्णभीर सडकखण्डमा पनि हाल दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित