कांग्रेस उपसभापतिमा भीष्मराज आङ्देम्बेले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

आजदेखि सुरु हुने कांग्रेसको १५औँ महाधिवेशनले उपसभापतिसहित पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेमा आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

कांग्रेसले विधान संशोधनमार्फत उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप गर्ने तयारी गरेको छ।

आङ्देम्बे १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए। विशेष महाधिवेशनपछि भने उनले देउवा समूह छाडेर संस्थापन पक्षतिर लागेका थिए।

प्रतिक्रिया

ताजा समाचार