गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जाने भएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने तयारीमा छन्।

बैठकमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ। नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री बैठकमा सहभागी हुनेछन्।

बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा तथा आपसी सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार