बिरामी लिएर चितवन आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो

काठमाडौं । पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्सलाई खोलाले बगाएको छ।

आज बिहान माडी क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढीले बगही सहायक खोलामा एम्बुलेन्स बगाएको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन्।

एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। उनीहरू सबै सकुशल रहेको उपाध्यक्ष रेग्मीले बताइन्।

प्रतिक्रिया

ताजा समाचार