एमाले स्थायी कमिटीको पहिलो बैठक सुरु, विद्यादेवी भण्डारी पहिलोपटक सहभागी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलोपटक सहभागी भएकी छन्।

हालै बसेको केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा, सांगठनिक गतिविधि तथा आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार