
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट उक्त सुन बरामद गरेको हो।
सुनसहित केही व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। यद्यपि, पक्राउ परेका व्यक्तिहरूको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
पक्राउ परेका व्यक्तिहरूबारे भोलि पत्रकार सम्मेलनमार्फत जानकारी गराइने प्रहरीको भनाइ छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित