यस वर्षको मनसुन नेपालबाट बाहिरियो, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार (असोज २८) बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

महाशाखाका अनुसार गत असोज १७ गते सुदूरपश्चिम र कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका केही स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो।

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो। तर, यस वर्ष अक्टोबर १४ मा मनसुन बाहिरिएकाले औसत मितिभन्दा १२ दिन ढिलो भएको हो।

मनसुन बाहिरिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव कायम रहन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार