
काठमाडौं । काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार बुधबार साँझ साढे ७ बजेतिर करिब ३५ देखि ४० वर्ष उमेरका पुरुष रानीपोखरीभित्र मृत अवस्थामा फेला परेका हुन्।
मृतकको पहिचान खुल्न सकेको छैन। रानीपोखरीको किनारमा उनका कपडा फेला परे पनि परिचय खुल्ने कुनै कागजात नभेटिएको एसपी थापाले जानकारी दिए।
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा ती पुरुष पौडी खेल्दै रानीपोखरीको बीच भागतर्फ गएको देखिएको छ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे दरबारमार्ग प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित