
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भइनसकेको जनाएको छ।
मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लोकबहादुर पौडेलले भ्रमणका लागि आवश्यक तयारी भइरहेको भए पनि मिति भने टुंगो नलागेको स्पष्ट पारे।
उनले भने, ‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी आवश्यक तयारी भइरहेको छ। भ्रमणको मिति भने अझै तय भइसकेको छैन। उपयुक्त समयमा मिति तय गर्छौँ।’
प्रवक्ता पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण विगतमा हुँदै आएको परम्पराअनुसार नियमित भ्रमणका रूपमा हुने बताए। भ्रमणका एजेन्डा भने दुवै पक्षबीचको समन्वय र सहमतिमा तय गरिने उनको भनाइ छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित