मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुससहित केही कर्मचारी पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको टोलीले केही कर्मचारीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले केही कर्मचारी पक्राउ परेको पुष्टि गरेका छन् । पक्राउ परेका व्यक्तिको नाम र बरामद रकमलगायतका विवरणबारे मुचुल्का तयार गर्ने काम भइरहेको उनले बताए ।

उनका अनुसार केहीबेरमै घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ ।

घुस लेनदेन भइरहेको सूचनाका आधारमा अख्तियारको टोली प्रहरीसहित नगरपालिका पुगेको थियो ।

प्रतिक्रिया

ताजा समाचार