
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा ९४ जनालाई प्रतिवादी बनाइएको छ।
विशेष अदालतमा दर्ता भएको मुद्दामा ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। कुल प्रतिवादीमध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि विपक्षी बनाइएको हो।
इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी रहेको जग्गा सट्टापट्टा गर्न मन्त्रिपरिषद्बाट निर्णय गराई बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
यस प्रकरणमा तत्कालीन मुख्यसचिव माधव घिमिरेको निधन भइसकेकाले उनको परिवारलाई समेत विपक्षी बनाइएको छ। यस्तै, तत्कालीन भूमिसुधार सचिव तथा पूर्वमन्त्री छबिराज पन्तसहितका व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित