
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा भएको छ। पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो।
एकतासम्बन्धी सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।
दुई पार्टीबीच एकताका लागि १० बुँदे सहमति भएको छ। सहमतिअनुसार आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।
त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायमा आपसी सहमतिका आधारमा समायोजन गर्ने विषय पनि सहमतिपत्रमा समेटिएको छ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित