सम्पादकीय : स्वतन्त्रपथकाे शुभारम्भ र हाम्राे जिम्मेवारी

काठमाडौं । समय परिवर्तनशिल र बलवान हुन्छ। हरेक देशको इतिहासमा केही यस्ता सुखद अवसरहरु पनि आउछन् जसको दुरगामि असर त्यो देशको प्रगतिका लागि कोशेढुङ्गा साबित हुन जान्छ।

लामो अन्योलपछि यतिखेर नेपालमा पनि व्यापक अनिश्चयलाइ चिर्दै लोकतन्त्रको एउटा पाटो, आम निर्वाचन समयमै सम्पन्न भएको छ। हुनत यसपछिका चरणहरु झन बढि चुनौतीपूर्ण छन् तर आम रुपमा पछिल्लो Gen-Z आन्दोलनले दिएको म्यान्डेटलाइ केन्द्रमा राखेर, नितान्त नौलो, समयसापेक्ष निति र कार्यक्रमसहित नेपालको बिशिस्टता, गौरबशाली इतिहास, धार्मिक, सान्स्कृतिक मौलिकताको संरक्षण गर्दै, आधुनिकताको बाटोमा अग्रसर हुने प्रतिबद्धतासहित उन्नत लोकतन्त्रलाइ संस्थागत गर्नु पर्ने अहम दाइत्व नयाँ सरकारमा हुने छ। अझ बिश्वको बदलिँदो भुराजनीति तत्कालको अवस्थामा यति पेचिलो छ कि यस्का लागि गहन र गम्भिर कुटनितिक कौशलताको अपरिहार्यता पनि छ।

राज्य सन्चालनमा ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिका पछिको चौथो अङ्ग पत्रकारिताको खस्कदो शाखलाई पनि पुनःस्थापनगर्नु पर्ने यो बिषम परिस्थितिमा “स्वतन्त्र-पथ” आशाकाे एउटा सानो झिल्को बनेर आजबाट डिजिटल संचारमा आएको छ। हामी एक जिम्मेवार सन्चारकर्ममा सदा समर्पित रहने छौ। सिक्दै, बुझ्दै छौ, सम्बाद गर्दै गर्दै तथ्यको नजिक पुग्ने प्रयासमा छौ। वादे बादे जायते तत्त्वबोध: शुभम् ।

प्रतिक्रिया

ताजा समाचार