
काठमाडौं । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल/मट्टितेलमा पनि प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाइएको हो।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धिको प्रभाव नेपालमा समेत परेको निगमले जनाएको छ।
भारतीय बजारमा मूल्य बढेसँगै नेपाल आयल निगमलाई मार्च १६ देखि ३१ सम्म करिब ५ अर्ब रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित