सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। आईएमएफले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक) प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदरबारे यस्तो अनुमान गरिएको हो।

प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म ४ प्रतिशतभन्दा तल रहनेछ। सन् २०२६ मा ३.६ प्रतिशत रहने अनुमान गरिएको आर्थिक वृद्धिदर सन् २०२७ मा सामान्य सुधार हुँदै ३.७ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ।

यसैबीच, आईएमएफले नेपालमा उपभोक्ता मुद्रास्फीति आगामी वर्ष बढ्ने अनुमान गरेको छ। प्रतिवेदनअनुसार सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्नेछ। तर, सन् २०२७ मा भने मुद्रास्फीति बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार