राहदानी सेवा केही दिन स्थगित

काठमाडौं। राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी उत्पादन तथा व्यवस्थापन सुरु गर्न लागेकाले केही दिनका लागि राहदानी सेवा स्थगित गर्ने भएको छ।

विभागले आइतबार सूचना जारी गर्दै विदेशस्थित नेपाली नियोग तथा जिल्ला प्रशासन कार्यालयहरूमा असार २४ देखि २६ गतेसम्म र राहदानी विभागमा असार २५ र २६ गते सेवा उपलब्ध नहुने जनाएको छ।

विभागका अनुसार आगामी असार २९ गते (सोमबार) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा पुनः सुचारु गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार