मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको छ। उक्त बैठक सम्पन्न भएपछि सञ्चालक समितिको बैठक बस्नेछ। सञ्चालक समितिबाट मौद्रिक नीति स्वीकृत भएपछि आजै सार्वजनिक गरिने तयारी गरिएको छ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले मौद्रिक नीति आजै सार्वजनिक गर्न लागिएको हो।

यसपटक मौद्रिक नीतिको संरचनामा समेत परिवर्तन गर्न लागिएको छ। राष्ट्र बैंकले नियामकीय व्यवस्थाहरू मौद्रिक नीतामा समावेश नगर्ने निर्णय गरेको छ। यस्ता व्यवस्थाहरू आवश्यकता अनुसार नियमित परिपत्रमार्फत जारी गर्न सकिने भएकाले मौद्रिक नीतिबाट अलग राख्न लागिएको हो।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ। सो लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी लगानी, कर्जा विस्तार र आर्थि

प्रतिक्रिया

ताजा समाचार