आत्मदाह प्रयास गर्ने युवकको गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ। अनुहार, घाँटी, छाती तथा दुवै हातखुट्टाका केही भागमा गम्भीर जलन भएकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा सार्ने तयारी भइरहेको छ।

अस्पतालले आकस्मिक कक्षमै आवश्यक प्राथमिक उपचार, औषधि तथा आवश्यक परीक्षणको प्रक्रिया पूरा गरिरहेको जनाएको छ। एनेस्थेसिया टोलीसँग समन्वय गरी बिरामीलाई आईसीयूमा स्थानान्तरण गर्ने तयारी भइरहेको चिकित्सकहरूले बताएका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार