
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन्।
बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका उपायहरूको प्रभावकारी कार्यान्वयनमा वित्तीय संस्थाहरूको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकका सीईओहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्।
मंगलबार दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने छलफलमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित