
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ।
अर्थ मन्त्रालयले साउन ६ गते तयार गरी पठाएको नयाँ तलबमान मन्त्रिपरिषद्ले १५ दिनपछि स्वीकृत गरेको हो।
स्वीकृत तलबमानअनुसार अब मुख्य सचिवले सबैभन्दा बढी मासिक ९० हजार ५९४ रुपैयाँ तलब पाउनेछन् भने प्रथम तहका कार्यालय सहयोगीले सबैभन्दा कम २८ हजार ९८४ रुपैयाँ तलब पाउनेछन्।
यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिवसरह तलब पाउनेछन्। प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ।
सरकारले साउनदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरेको छ। साथै, प्रोत्साहन भत्ताका रूपमा थप १० प्रतिशत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
पेन्सनधारीहरूको हकमा भने १० प्रतिशतले मात्रै पेन्सन वृद्धि गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित