काठमाडौंमा २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौंमा २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी गरेको छ ।

आज उद्योग मन्त्रालयमा भएको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले काठमाडौंका विभिन्न स्थानमा २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार काठमाडौंका उपयुक्त स्थान पहिचान गरी ३० देखि ५० वटा ठाउँबाट ग्यास बिक्री गर्ने तयारी छ ।

उनले भने, ‘काठमाडौंका विभिन्न ठाउँ हेरेर ३०/४० वा ५० ठाउँमा ग्यास बिक्रीका लागि तयारी भइरहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार