दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौं । वडा दशैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढेको छ। दशैंका लागि लामो तथा छोटो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै टिकट काट्न रातिदेखि नै यात्रुको भीड लागेको हो।

दशैं मनाउन काठमाडौं उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुहरू अग्रिम टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन्। टिकट बुकिङ खुला भएसँगै बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको छ।

दशैंका बेला यात्रुको चाप बढ्ने भएकाले यात्रा सुनिश्चित गर्न सर्वसाधारणले समयमै अग्रिम टिकट लिन थालेका छन्। चाडपर्वका समयमा हुने यात्रुको भीडलाई मध्यनजर गर्दै यात्रुहरू टिकट बुकिङका लागि बसपार्क पुगिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार