आजदेखि तेस्रो संस्करणको नेपाल प्रिमियर लिग सुरु हुँदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।

क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भए पनि प्रतियोगिता निर्धारित कार्यतालिकाअनुसार भव्य रूपमा सञ्चालन हुने क्यानले जनाएको छ।

खड्काका अनुसार एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति प्राप्त गरेकाले प्रतियोगिताको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा समेत पर्नेछ।

प्रतियोगिताको सुरक्षाका लागि १ हजार ४ सय प्रहरी परिचालन गरिने भएको छ। यस्तै, मैदानबाहिर सशस्त्र प्रहरी बलका पाँच प्लाटुन तैनाथ गरिने जनाइएको छ। मैदानभित्र र बाहिरको सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन ड्रोन तथा सीसीटीभीको समेत प्रयोग गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार