
युएई । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ।
इरानले अबुधाबीको अल दाफ्रा क्षेत्रमा रहेको अमेरिकी सैन्य अड्डामाथि आक्रमण सुरु गरेपछि सरकारले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने सबैलाई घरबाहिर ननिस्कन, झ्याल–ढोकाबाट टाढा बस्न तथा सुरक्षा निकायका निर्देशनहरू पालना गर्न अनुरोध गरेको छ। त्यहाँ रहेका नेपालीहरूका अनुसार सरकारले मोबाइलमार्फत चेतावनी सन्देशसमेत पठाइरहेको छ।
आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। यसैबीच बहराइनको अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित