
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १३ राजदूतको सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने भएको छ। मंगलबार बसेको समितिको बैठकले तीन दिनमा सुनुवाइ गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशी सिफारिस भएका छन्।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित