
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रहरी सेवाको पृष्ठभूमि भएका करिब ८० जना प्रतिनिधि सहभागी भएका छन्।
मंगलबार नेपाल लोकतान्त्रिक पूर्वप्रहरी संघका तर्फबाट पूर्वसशस्त्र प्रहरी एसएसपी नेत्रबहादुर खत्री, पूर्वडीएसपी सुरेन्द्र सिटौला र पूर्वसई जयन्द्र संग्रौला मनोनीत भएपछि प्रहरी पृष्ठभूमिका प्रतिनिधिको संख्या ८० पुगेको हो।
यसअघि विभिन्न जिल्ला र क्लस्टरबाट ७७ जना पूर्वप्रहरी महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका थिए। सहभागीमध्ये पूर्वडीआईजी, पूर्वइन्स्पेक्टर, पूर्वसई तथा पूर्वहवल्दारसम्म छन्।
पूर्वसई तथा मनोनीत प्रतिनिधि जयन्द्र संग्रौलाका अनुसार अन्य राजनीतिक तथा व्यावसायिक भूमिकाबाट महाधिवेशनमा आएका पूर्वप्रहरीसमेत रहेकाले वास्तविक संख्या अझ बढी हुन सक्ने देखिएको छ। उनले हाल खुलेको संख्यामध्ये करिब ३० देखि ४० मत आफ्नो पक्षमा रहेको दाबी गरे।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित