कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी, समावेशी समूहबाट मैदानमा

काठमाडौं । उद्यमी विनोद चौधरीले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ। महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको छ।

नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।

प्रतिक्रिया

ताजा समाचार