
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेलले केहीबेरअघि काठमाडौंस्थित राष्ट्रिय सभागृहमा महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन्।
यसअघि महामन्त्री पदमा डा. सुनील शर्मा र नैनसिंह महरले मनोनयन दर्ता गराइसकेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। मनोनयन दर्ताको समय आज साँझ ६ बजेसम्म तोकिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित