
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्। उनले गगन थापासँग प्रतिस्पर्धा गर्न सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका खड्गी चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। उनी सिद्धार्थ वनस्थलीका पूर्वशिक्षकसमेत हुन्। सोही विद्यालयमा उनले गगन थापालाई पढाएका थिए।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि रहेका खड्गी यसअघि सोही क्षेत्रको कांग्रेस सभापतिसमेत निर्वाचित भएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित