

काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुटसहित ‘बाइ वान, गेट वान’ अफर पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीसँगै ग्राहकका लागि यस्तो सुविधा उपलब्ध गराइएको हो।
साझेदारीअन्तर्गत ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान, गेट वान’ अफर पाउनेछन्। अर्थात् दुई जनाले एक जनाको मूल्यमा सेवा लिन सक्नेछन्।
त्यस्तै, एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र सौन्दर्य सेवामा २० प्रतिशत छुट पाउनेछन्। कम्पनीका अनुसार यी सुविधा नेपाली नागरिकका लागि मात्र उपलब्ध हुनेछन्।
९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले पनि विशेष छुट पाउनेछन्। युवा तथा अन्य ग्राहकलाई स्पा सेवामा २० प्रतिशत र पर्यटकलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
साझेदारीसम्बन्धी सम्झौता हालै आयोजित एक कार्यक्रममा एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गरेका थिए।
अफरको लाभ लिन ग्राहकले एनसेल एपमा रहेको ‘पार्टनर्ड सर्भिसहरू’ मा गएर ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा अफर लिन सक्नेछन्। एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा निर्धारण हुने कम्पनीले जनाएको छ।
यस साझेदारीले ग्राहकलाई कनेक्टिभिटीसँगै थप सुविधा र मूल्य प्रदान गर्ने एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बताए।
उनका अनुसार वेलनेस सेवाहरूलाई एनसेलको ग्राहक लाभ प्रणालीमा जोड्दै सेवा थप सान्दर्भिक र पहुँचयोग्य बनाउने उद्देश्य राखिएको छ।
एनसेलका अनुसार यो सहकार्य कम्पनीको बढ्दो साझेदार सञ्जालमार्फत ग्राहकलाई थप लाभ र सुविधा प्रदान गर्ने निरन्तर प्रयासको हिस्सा हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित