
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी शिवप्रसाद खतिवडाले यसको जानकारी दिए।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो। रास्वपा सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो।
साइबर अपराध, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरलगायतका अभियोगमा पक्राउ पर्दै आएका प्रसाईं यसअघि पनि अदालतको आदेशपछि पटकपटक रिहा भएका छन्। उनी दर्जनभन्दा बढी पटक पक्राउ परिसकेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित