
काठमाडौं । नेकपा एमालेले पार्टी नेतृत्वको सार्वजनिक आलोचना गर्ने कार्यकर्तामाथि अब सिधै कारबाही गर्ने भएको छ।
अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले पार्टी नेतृत्वको सार्वजनिक आलोचना गर्न निषेध गरेको हो। यसअघि नेतृत्वको आलोचनामा केही छुट दिइए पनि अब त्यस्तो गतिविधिमा संलग्न हुनेलाई सिधै कारबाही गर्ने एमालेले जनाएको छ। कारबाहीको जिम्मेवारी संगठन विभाग र अनुशासन आयोगलाई दिइएको छ।
अन्तरपार्टी निर्देशनमार्फत एमालेले युवा पुस्तामा नेतृत्व हस्तान्तरण र पार्टी जागरणमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएको छ। साथै, सरकारले गरिरहेको कार्यशैलीप्रति पनि एमालेले आपत्ति जनाएको छ।
जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्दै सडक र संसद् दुवै मोर्चामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने एमालेले जनाएको छ। त्यसका लागि सबै देशभक्त नागरिक तथा राजनीतिक दलसँग सहकार्य गर्नसमेत एमालेले आह्वान गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित