कांग्रेसले उम्मेदवारी दर्ताको समय थप्यो, साँझ ६ बजेसम्म मनोनयन दर्ता गर्न पाइने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय थप गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय आज साँझ ६ बजेसम्मका लागि थप गरेको हो।

यसअघि उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आज दिउँसो ४ बजेसम्मको समय तोकिएको थियो। तर, उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेकाले समय थप गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार