

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा हालसम्म ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
संशोधित विधानअनुसार कांग्रेसमा महामन्त्री पदमा एक महिलासहित तीन जना निर्वाचित हुने व्यवस्था छ।
१५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता जारी रहेकाले महामन्त्री पदमा उम्मेदवारी दिने क्रम पनि चलिरहेको छ।
अहिलेसम्म उम्मेदवारी दिनेहरूको नाम यसप्रकार छ-
१. डा. डिला संग्रौला (पन्त)
२. शंकर तिवारी
३. डा. सुनीलकुमार शर्मा
४. नैनसिंह महर
५. प्रदीप पौडेल
६. महालक्ष्मी उपाध्याय (डिना)
७. अमरसिंह पुन
८. रिता खनाल
९. गुरुराज घिमिरे
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित