कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। यसै क्रममा शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

शर्माको उम्मेदवारी उनका वारेस पुष्पराज पौडेलले दर्ता गराएका हुन्। कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरिएको हो।

यसअघि विशेष महाधिवेशनबाट शर्मा उपसभापति निर्वाचित भएका थिए।

प्रतिक्रिया

ताजा समाचार