

काठमाडौं । जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत जाने भएका छन् ।
कार्की निकट एक कानुन व्यवसायीका अनुसार पदमा बहाल रहेका प्रहरी कर्मचारीलाई बिनाकारण जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको दाबीसहित रिट निवेदन दायर गर्न लागिएको हो ।
प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ मा गरिएको व्यवस्थाअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि, पदावधि र उमेर हदसम्बन्धी तीनवटै प्रावधानले कार्कीलाई पदबाट हटाउन नमिल्ने दाबी रिट निवेदनमा गरिएको छ ।
कार्की २०५४ चैत १८ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि ३० वर्ष र उमेर हद ५८ वर्ष तोकिएको छ । २०२९ साउन १५ गते जन्मिएका कार्की हाल ५४ वर्षका छन् । त्यस्तै, प्रहरी महानिरीक्षकको पदावधि चार वर्ष तोकिएको छ । उनी गत कात्तिक २७ गते आईजीपी नियुक्त भएको एक वर्ष पुग्ने थियो ।
कार्कीको पक्षबाट अधिवक्ता टीकाबहादुर कुँवर र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित