स्थिर छैनन् काठमाडौं उपत्यकाका मतदाता

काठमाडौं । आठ वर्षअघि अर्थात् २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौं उपत्यकाका १५ मध्ये ९ सिट जितेको थियो । एमाले र माओवादी केन्द्र एकीकरण हुने घोषणाका साथ चुनावी तालमेल गरेका थिए र त्यसको नतिजा निर्वाचनमा देखिएको थियो ।

त्यतिबेला उपत्यकामा कांग्रेसले ४, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले १/१ सिट मात्रै जिते । पाँच वर्षपछि २०७९ सालको निर्वाचनमा एमाले उपत्यकाका १५ मध्ये दुई ठाउँमा सीमित भयो ।

प्रतिक्रिया

ताजा समाचार