
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको बताएका छन्।
इरानको सरकारी टेलिभिजनले पनि आयतुल्लाह अली खामेनीको निधन भएको पुष्टि गरेको छ। समाचार वाचकले भावुक हुँदै खामेनीको मृत्युको घोषणा गरेका हुन्। साथै, देशभर ४० दिन शोक मनाइने जानकारी दिइएको छ।
शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए। त्यसको भोलिपल्ट बिहानै राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत खामेनीको मृत्यु भएको दाबी गरेका थिए।
ट्रम्पले लेखेका छन्, “इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक खामेनी अब जीवित छैनन्।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित