प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअघि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सम्बोधन आज दिउँसो हुने तयारी भइरहेको छ। यद्यपि, सम्बोधनको समय भने अहिलेसम्म तय भइसकेको छैन।

उनले भने, “प्रतिनिधि सभा निर्वाचनलगायत समसामयिक विषयमा प्रधानमन्त्रीको सम्बोधन आज दिउँसो हुनेछ। तयारी भइरहेको छ, तर समय तय भइसकेको छैन।”

भदौ २३ र २४ गतेको जनआन्दोलनपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

प्रतिक्रिया

ताजा समाचार