
काठमाडौं । निर्वाचन तयारी र सुरक्षाको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा भोलि हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरिनेछ। देशभर प्रतिनिधिसभाको निर्वाचन हुन लागेकाले यस पटक सुरक्षा दृष्टिकोणबाट निर्वाचन संवेदनशील मानिएको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै सुरक्षा निकायहरूसँग निरन्तर समन्वय गर्दै आएकी छन्। बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित