
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बजार बिक्री केन्द्र, तावा खोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किँदा केहीबेरका लागि मतदान रोकिएको छ।
नेपाल प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोस्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट आकस्मिक रूपमा गोली पड्किएको हो।
गोली पड्किँदा एक मतपेटिकामा सामान्य क्षति पुगेको छ। उक्त मतपेटिकामा चारवटा मत खसेको थियो। मतपत्र भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
घटनापछि अर्को मतपेटिका प्रयोग गरी पुनः मतदान सुरु गरिएको छ। कोसी प्रदेशका डिआइजी विनोद घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियारबाट गोली पड्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित