
काठमाडौं । दोलखाको मालुस्थित मतदानस्थलमा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका–४ मालुमा मतदानका क्रममा विवाद भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो।
निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। हवाई फायरपछि त्यहाँ नाराबाजी सुरु भएको थियो।
लगत्तै स्थिति समाधानका लागि सर्वदलीय बैठक बोलाइएको छ। बैठकमा मतदान पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित