
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु मतदान केन्द्रबाट मतपत्रको ठेली बोकेर हिँडेका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मतदानको क्रममा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका अनिल श्रेष्ठ (तरुण दल अध्यक्ष), र नेकपाका नेता अर्जुन योगी मतपत्रको ठेली बोकेर हिँडिरहेका देखिएका थिए। उनीहरूसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ।
तर अहिलेसम्म उनीहरूले बोकेर लगेका मतपत्र भेटिएका छैनन्। यस कारण पुनः मतदान गरिन सक्ने सम्भावना देखिएको छ।
स्थानीय निर्वाचनमा कांग्रेस र नेकपाले मतदान केन्द्र कब्जा गर्न खोज्दा एमाले र रास्वपाले विरोध जनाएका थिए, जसले अवस्था तनावग्रस्त बनाएको थियो। अहिले एमाले र रास्वपाले पुनः मतदानको माग गरेका छन्।
निर्वाचन आयोगले घटनाको अनुसन्धानपछि आवश्यक निर्णय गर्ने जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित