
काठमाडौं । स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ। स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोला स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको हो।
मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषयलाई लिएर विवाद भएपछि मतदान रोकिएको जनाइएको छ।
हाल स्थानीय राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान प्रक्रिया पुनः सञ्चालन गर्ने विषयमा सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित