
काठमाडौं । डडेल्धुरामा भारतमा रहेका व्यक्तिको नाममा भोट हालेको आरोप लागेपछि विवाद भएको छ।
भागेश्वर गाउँपालिका–१ स्थित पशुपति आधारभूत विद्यालयमा सोही ठाउँका २५ वर्षीय अबिशेक महराले भारतमा बस्दै आएका पंकज महराको नाममा मतदान गरेको आरोप लागेपछि विवाद भएको हो।
केही समय विवाद भएपछि अहिले स्थिति सामान्य बन्दै पुनः मतदान सुरु भएको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित