
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ।
तामाकोशी–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेरअघि पुनः सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।
मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई मतदानस्थलमा आउन आह्वान गरेको छ।
उक्त मतदान केन्द्रमा करिब ३०० मत खसेपछि विवाद उत्पन्न भएको थियो। विवादपछि केही समयका लागि मतदान प्रक्रिया रोकिएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित