
दाङ । दाङको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत बबई गाउँपालिका–१ मा अहिलेसम्म १० मत खसेको छ भने बबई–७ मलैमा अझै मतदान सुरु हुन सकेको छैन।
वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई–१ का गंगटे र भाङोबारी मतदान केन्द्रमा भने मतदान जारी रहेको छ।
दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार वडा नं. १ को जिला मतदान केन्द्रमा ८८२ मतदाता रहेका छन्। त्यस्तै बबई–७ मलै मतदान केन्द्रमा ५३० मतदाता रहेका छन्।
यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यहाँका स्थानीय वन्यजन्तु र मानिसबीच बढ्दो द्वन्द्वको समस्याबाट प्रभावित छन्। सोही कारण स्थानीयले पुनर्वास अर्थात् बस्ती स्थानान्तरणको माग गर्दै आएका छन्।
वन्यजन्तु प्रभावित स्थानीयले यसपटक ‘नो–भोट’ अभियानसमेत चलाउँदै आएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित