कञ्चनपुरमा ५८ प्रतिशत मतदान

महेन्द्रनगर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५८.६४ प्रतिशत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख हरिशचन्द्र जोशीले प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा एक लाख ८४ हजार ३१६ मत खसेको उहाँले जानकारी दिनुभयो । “मतपेटिका सङ्कलन सकिएपछि आजै गणना सुरु गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “एक सय ३२ मतदानस्थलबाट मतपेटिका सङ्कलन हुँदैछ ।”

प्रतिक्रिया

ताजा समाचार