
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खोलेको छ। भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित काठमाडौं–१ बाट विजयी भएकी छन्।
उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा ले ६ हजार ३६४ मत प्राप्त गरे। अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्र ले यस पटक ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित